
९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नै नगरी ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबारको अर्थ समितिको बैठकमा बोल्दै उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नगरी ल्याइएको बताए ।
सबै चिजको उपचार करमा नै थुपार्ने गरेको भन्दै यसले दैनिक उपभोक्तालाई मार परिरहेको जिकिर उनले गरे ।
‘टाउको दुख्यो भनेर पेटको उपचार गरेर त भएन । हामी कहाँ बेथिति यस्तो छ अनि हामी ग्रे लिस्ट र ब्ल्याक लिस्ट भनेर तसाईदिन्छौँ । सतही हिसावले औषधि खाएर निको पार्ने भए कर जति पनि बढाए भयो । तर कालो धनको कुरा भए प्रणालीमा सुधार गर्नुपर्छ,’ उनले भने ।
साथै, सुनले नेपालको अर्थतन्त्रलाई चलायमान गरिरहेको सांसद श्रेष्ठको भनाइ थियो । सुनको सम्बन्ध गृहिणीदेखि सांस्कृतिक र धार्मिक रुपमा पनि रहेको बताए ।
‘हामी जे चिजको पनि उपचार करमा नै थुपारिदिन्छौँ । त्यसले दैनिक उपभोक्ताहरुलाई मार पर्छ । सुनको कुरा गर्दा हेर्दा जसरी व्याख्या गरे पनि हुन्छ,’ सांसद श्रेष्ठले भने, ‘तर हाम्रो अर्थतन्त्रलाई अनौपचारिक रुपमा गृहिणीदेखि लिएर सबैले बचाइरहेको सुनले गर्दा कहीँ न कहीँ स्टेबल भएको भन्ने मान्यता पनि छ ।’
सांसद श्रेष्ठले अनौपचारिक रुमपा भइरहेको कारोबारलाई करको दायरामा ल्याउन जरुरी रहेको उनले बताए ।
प्रतिक्रिया 4