+
+
Shares

मर्स्याङ्दी र दोर्दी करिडोरस्थित जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्ने

दमौली भरतपुर १३२ केभी प्रसारण लाइनको विद्युत् शतिm बहाब गर्ने यसअघिको क्षमता ७० मेगावाटबाट बढाएर १ सय ३० मेगावाट बनाउन उक्त लाइनमा भएको कन्डक्टर परिवर्तन गर्नुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १९:२१

९ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भरतपुरस्थित न्यु भरतपुर २२० केभी सबस्टेसन निरीक्षण अनुगमन गरेका छन् ।

प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजन ढकालसहित उच्चस्तरीय प्राविधिक टोलीले दमौली भरतपुर १३२ केभी लाइन पूर्ण क्षमतामा सञ्चालन गर्न न्यु भरतपुर सबस्टेसनमा देखिएको प्राविधिक समस्या छिटो समाधान गर्न प्राविधिक परामर्श तथा आवश्यक निर्देशन दिएको हो ।

दमौली भरतपुर १३२ केभी प्रसारण लाइनको विद्युत् शतिm बहाब गर्ने यसअघिको क्षमता ७० मेगावाटबाट बढाएर १ सय ३० मेगावाट बनाउन उक्त लाइनमा भएको कन्डक्टर परिवर्तन गर्नुपर्ने छ ।

भरतपुरस्थित न्यु भरतपुर २२० केभी सबस्टेसनमा रहेको प्राविधिक जटिलताले उक्त लाइन पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । निजी उर्जा उत्पादकले मर्स्याङ्दी तथा दोर्दी करिडोरमा निर्माण गरेको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सहज रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन यो लाइनले महत्त्वपूर्ण भूमिका खेल्छ ।

सोहीकारण प्राविधिक समस्या समाधान गरी वृद्धि भएको विद्युत् बहाब गर्ने क्षमता अनुुसार लाइन सञ्चालन गर्नुपर्छ । त्यसका लागि सबस्टेसनको काम एक–दुई दिनमा नै गर्न हेटौंडा ग्रिड महाशाखालाई निर्देशन दिइएको हो ।

सबस्टेसन तथा प्रसारण लाइनमा देखिएका समस्या समाधान गरी सबै विद्युत् गृह तथा प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालन गर्ने, नियमित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा ग्राहकलाई उपलब्ध गराउने एवं बढी भएको ऊर्जा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने विद्युत् प्राधिकरणको नीति अनुसार तदारुकता साथ आफ्ना गतिविधि अगाडि बढाएको प्रवक्ता राजन ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?