+

राष्ट्रिय रोलर स्केटिङ प्रतियोगितामा डिकन, बज्र, सुरक्षा र मुस्कान च्याम्पियन

२०८२ असार  ९ गते २१:५८ २०८२ असार ९ गते २१:५८
राष्ट्रिय रोलर स्केटिङ प्रतियोगितामा डिकन, बज्र, सुरक्षा र मुस्कान च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले हेटौंडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न गर्यो।
  • प्रतियोगितामा १२ वर्ष मुनि र माथि उमेर समूहका खेलाडीहरूले भाग लिए र पुरस्कार प्राप्त गरे।
  • संघका महासचिव सत्य थापाले पुरस्कार र सम्मानका बारेमा जानकारी दिए र प्रतियोगिता सफल रहोस् भन्ने संघका अध्यक्षले सुभकामना व्यक्त गरे।

९ असार, हेटौंडा । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा हेटौंडास्थित हेटौंडा स्केट पार्कमा भएको नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा चार विधाअन्तर्गत १२ वर्ष भन्दा कम उमेर समुहका र १२ वर्ष माथी उमेर समुहका महिला तथा पुरुष खेलाडीहरु सहभागी थिए ।

जसमा पुरुषतर्फ १२ वर्ष भन्दा कम उमेर समुह अन्तर्गत डिकन महतारा प्रथम, आयुस स्याङ्ग्तान दोस्रो भएका छन् भने १२ वर्ष माथी उमेर समुह रहेको खेलमा बज्र दोङ प्रथम, सुनिल लामा दोस्रो र आयुश् रुम्बा तेस्रो भए ।

महिलातर्फ १२ वर्षमुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई दोस्रो, समिस्ता प्रधान तेस्रो भएका छन् । यस्तै १२ वर्ष माथिको विधामा काठमाडौंकी मुस्कान मगर प्रथम, नायना शाक्य दोस्रो, आयुश्मा शाही ठकुरी तेस्रो भएका छन् ।

उक्त प्रतियोगितामा महिलातर्फ १२ वर्ष मुनि रश्मी सुचिकार, १२ वर्ष माथी निशिका लामा र पुरुषतर्फ १२ वर्ष माथी सुशिल श्रेष्ठ उत्कृष्ठ स्केटर खेलाडी बन्न सफल भएका छन् ।

करिब १०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितालाई मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष शर्केस घलानले उद्घाटन गरेका थिए ।

उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः दश हजार, पाँच हजार र तिन हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिए ।

साथै प्रतियोगिताका प्रत्येक विधाका उत्कृष्ठ स्केटर खेलाडीहरुलाई ट्रफी, प्रमाणपत्रसहित नगद दुई हजार प्रदान गरिएको महासचिव थापाले बताए ।

यस प्रतियोगितामा निर्णायकको भूमिकामा दिलिप राज बराल, पासाङ लाम्हु शेर्पा, प्रशुना लामा, योगिना श्रेष्ठ र बिकास लामा रहेका थिए ।

उक्त प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा रोलर स्केटिङ्ग खेल तथा रोलर स्केट खेलको निति नियम तथा प्राविधिक पक्षको बारेमा स्केटिङ्ग तथा स्केट बोर्डिङ्ग संघका प्रमुख प्रशिक्षक दिलिप राज बरालले जानकारी दिएका थिए ।

संघका अध्यक्षले खेल प्रवाभकारी रहि प्रतियोगिता सफल रहोस् भनि सुभकामना सन्देश पठाएका थिए ।

राष्ट्रिय रोलर स्केटिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय