
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘आइस रोड : भेन्जिन्स’को ट्रेलर सार्वजनिक भएको छ, जसमा नेपालको कथावस्तु चित्रण छ।
- फिल्मको मुख्य कथा हिमालयको सेटिङमा आधारित एक्सनमा रहेको छ, र नेपालमा पनि छायांकन भएको हो।
- अमेजनले यस फिल्मको राइट १७ मिलियन डलरमा खरिद गरेको छ।
काठमाडौं । नेपालमा समेत छायांकन भएको प्रतीक्षित हलिउड फिल्म ‘आइस रोड : भेन्जिन्स’को ट्रेलर सार्वजनिक भएको छ ।
२ मिनेटभन्दा लामो ट्रेलरमा नेपालको कथावस्तु चित्रण छ । भक्तपुर र काठमाडौंमा पनि छायांकन भएको यो फिल्मले नेपालको जस्तै सेट निर्माण गर्दै अस्ट्रेलियामा समेत छायांकन गरेको थियो ।
सन् २०२१ मा रिलिज भएको ‘आइसरोड’को यो दोस्रो श्रृंखला हो । अमेरिकन एक्सन थ्रीलर फिल्मलाई जोनाथन हेन्स्लेले निर्देशन गरेका हुन् । फिल्मको नेपाल छायांकन व्यवस्थापन रामकृष्ण पोखरेलको आइसफल प्रोडक्सनले हेरेको हो ।
फिल्ममा अभिनेता नीसनले माइक म्याक्कनको भूमिका निर्वाह गरेका छन् । २ मिनेट लामो ट्रेलरको कथावस्तु हिमालयको सेटिङमा हुने एक्सनमा आधारित छ ।
मुख्य पात्र माइक पात्र भाइको इच्छानुसार अन्त्येष्टिको लागि अस्तु बोकेर नेपालको सगरमाथा क्षेत्रमा आउँछ । १२ हजार फिट उचाइमा माइक र उनको टोली चढेको खचाखच भरिएको बसमा आक्रमण हुन्छ । दुश्मनसँगको मुठभेडमा आफू र निर्दोष यात्रुलाई बचाउन माइकले लड्नुपर्छ । यो लडाइँमा नेपाली गाउँका स्थानीयवासी पनि सहभागी हुनेछन् ।
अमेजनले १७ मिलियन डलरमा यो फिल्मको राइट खरिद गरेको छ । अघिल्लो भाग नेटफ्ल्क्सिमा रिलिज भएको थियो ।
प्रतिक्रिया 4