+
+
Shares

फिल्म लेखनमा ‘पिके डन’, बन्ने भो ‘रातो पासपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदीपकुमार चौधरीले ‘रातो पासपोर्ट’ फिल्मबाट पटकथा लेखनमा डेब्यु गर्दैछन्।
  • उनीले ‘मौन’, ‘कबड्डी’, ‘बधशाला’ लगायत फिल्म र नाटकमा अभिनय गरेका छन्।
  • उनको आगामी फिल्महरू ‘शिवांश’, ‘वरिष्ठ बलराम’ र ‘सत्यवीर’ घोषणा भएका छन्।

काठमाडौं । तपाईंले ‘होस्टेल रिटर्न्स’ फिल्म हेर्नुभएको होला । यो फिल्मको एक खलनायक पात्र ‘पिके डन’ अहिले पनि धेरै दर्शकको मस्तिष्कमा नाचिरहेको हुनुपर्छ ।

पिके डन अर्थात प्रदीपकुमार चौधरी । त्यो फिल्ममा डरलाग्ने गुण्डाको रोलमा देखिएका उनै प्रदीप पर्दामा होस् या नाटकमा जीवन्त अभिनयका लागि परिचित छन् ।

उनै प्रदीपलाई लिएर यतिबेला नयाँ खबर छ । अभिनेताको रुपमा छवि बनाएका चौधरीले निर्माण तयारीमा रहेको फिल्म ‘रातो पासपोर्ट’बाट पटकथा लेखनको रुपमा डेब्यु गर्दैछन् ।

सिम्सोन तामाङले निर्देशन गर्ने यो फिल्मको निर्माण लोकबहादुर तामाङ र कार्यकारी निर्मातामा प्रवेश पौडेल छन् । सी-बर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुतिमा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा फिल्म बन्दैछ ।

सेप्टेम्बरदेखि यो फिल्मको छायांकन सुरु हुँदैछ । अहिले प्रि-प्रोडक्सन चरणमा रहेको फिल्मबाट डेब्यु गर्न लागेका प्रदीपले लेखकको रुपमा प्राप्त गरेको मौकाप्रति उत्साह व्यक्त गरे ।

सन् २०१३ मा रिलिज भएको फिल्म ‘मौन’बाट नेपाली फिल्ममा डेब्यु गरेका चौधरीले रामबाबु गुरुङको ‘कबड्डी’ र मनोज पण्डितको फिल्म ‘बधशाला’मा पनि अभिनय गरेका छन् ।

उनले मेरी मामु, गुञ्जन र जेरी अन टपजस्ता फिल्ममा मेन्टरको रुपमा कार्य गरेका छन् । ‘शिवांश’ र ‘वरिष्ठ बलराम’ कलाकारको रुपमा उनका आगामी फिल्म हुन् । उनको शीर्ष भूमिका हुने ‘सत्यवीर’ हालै घोषणा भएको थियो ।

उनले मसानटार, स्वीप्नल स्वप्ननगरी, कालापत्थर माथि, झिम्के मामा, एक सिक्का र आकाशको बाटोजस्ता दर्जनभन्दा धेरै नाटक लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?