१० असार, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनको आयोजनामा काठमाडौंमा जगन्नाथ रथयात्रा महोत्सव हुने भएको छ ।
असार १३ गते हुने ४० औं रथयात्रा महोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।
नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाका लागि भन्दै हुन लागेको रथयात्रा महोत्सव-कमलादी-घण्टाघर-दरबारमार्ग-पुतलीसडक-प्रदर्शनीमार्ग-भद्रकाली-एनएसी-न्यूरोड-बसन्तपुर-न्युरोड हुँदै टुँडिखेलमा पुगेर समापन हुनेछ ।
राष्ट्रपतिले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘श्री जगन्नाथ बलदेव सुभद्रा महारानी’को दर्शन गरी पूजामा सहभागी हुने कार्यक्रम रहेको आयोजक इस्कोन बुढानिलकण्ठका सचिव हरेन्द्र ठाकुरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                खुसी
                दुःखी
                अचम्मित
                उत्साहित
                आक्रोशित
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            
        सम्बन्धित खबर
ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
        
    
                        
                    
                    
                    
                    
                    
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4