+
+
Shares

माग्ने बुढा फिल्म ‘जहाजैमा’ अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केदारप्रसाद घिमिरेले कृषा चौलागाईंको ‘जहाजैमा’ फिल्ममा अनुबन्धित भए।
  • उहाँलाई पहिलो पटक यस फिल्ममा सहकार्य गर्न लागिएको हो र प्रि-प्रोडक्सन कार्य भइरहेको छ।
  • फिल्मको छायांकन भदौबाट नेपाल, जापान र फिलिपिन्समा सुरु हुनेछ।

काठमाडौं । ‘माग्ने बुढा’ नामले चर्चित केदारप्रसाद घिमिरे अहिलेका ब्यस्त कलाकार हुन् । उनी एकपछि अर्को फिल्ममा अनुबन्धित हुन थालेका छन् ।

विवरणअनुसार, उनले कृषा चौलागाईंको आगामी कथानक ‘जहाजैमा’ साइन गरेका छन् । निर्मातासँग मंगलबार उनले लिखित सम्झौता गरेको जनाइएको छ ।

निर्माताले सम्झौतापत्र आदानप्रदानको फोटो सेयर गर्दै घिमिरेलाई कलाकारको रुपमा अनुबन्धित गरिएकोबारे जानकारी दिएको छ । कृषा र केदारले पहिलोपटक फिल्ममा सहकार्य गर्न लागेका हुन् ।

यसबारे कृषाले भनिन्, ‘केदारजी अहिलेको सर्वाधिक रुचाइएको कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको निकै नै महत्वपूर्ण भूमिका छ । उहाँलाई फिल्ममा भित्राउन पाउँदा निकै नै उत्साहित छौं ।’

यो फिल्मको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ । फिल्मको प्रि–प्रोडक्सनमा साथ दिन यसका निर्माता उज्ज्वल गुरागाँई जापानबाट नेपाल आएका छन् । मंगलबार कलाकार केदारसँग उज्ज्वलले कागजी सम्झौता गरेका हुन् ।

फिल्ममा अन्य कलाकारलाई पनि अनुबन्धित गर्ने तयारी छ । फिल्ममा यसअघि जापानी फिल्ममा ब्यस्त फिलिपिनो अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भैसकेकी छन् ।

यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?