+
+
Shares

इटहरीको बजेट २ अर्ब ५५ करोड

आगामी वर्षका लागि चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात् कुल बजेटको ४०.७९ प्रतिशत विनियोजन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १८:३०

१० असार, विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको बजेट अन्योल हुँदा इटहरी उपमहानगरले २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ । मंगलबार आर्थिक वर्ष २०८२–८३ का मंगलबार २ अर्ब ५५ करोड २१ लाख बजेट ल्याएकाे हाे ।

गत वर्ष बजेट सार्वजनिक गर्नेे क्रममा इटहरीमा विवाद भएपनि यो पटक सहज रुपमा बजेट आएको हो । इटहरीले चालु आर्थिक वर्षका लागि तीन अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको थियो ।

आगामी वर्षका लागि चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात् कुल बजेटको ४०.७९ प्रतिशत विनियोजन भएको छ ।

वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात् कुल बजेटको ०.३५ प्रतिशत र पुँजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात् कुल बजेटको ५८.८६ प्रतिशत विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?