+
+
Shares

एमाले समीक्षा : सरकारको एक वर्ष सन्तोषजनक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १९:१०

११ असोज, काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारको एक वर्ष सन्तोषजनक रहेको समीक्षा गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रमुख दुई ठूला दल मिलेर बनेको सरकारले सन्तोषजनक काम गरेको समीक्षा गरेको हो ।

‘मुलुकमा स्थिरता, अर्थतन्त्रलाई गति र विकास गर्ने उद्देश्यले दुई ठूला पार्टी सहितको सरकार बनेको थियो । यो एक वर्षको समग्र अवस्था सन्तोषजनक रुपमा रहेको निष्कर्ष निकालेको छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

आगामी ३१ असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको वर्षदिन पुग्दैछ । यो वर्षदिनमा सरकारबारे अनेकौं हल्ला चलाइए पनि सफल नभएको एमाले निष्कर्ष छ ।

‘सरकारबारे अनेकौं हल्ला चलाइए । तर दुई पार्टीबीचको समझदारी बलियो बन्दै गएको छ । अर्थतन्त्रले लय समाउन थालेको छ’, ज्ञवालीले भने ।

विरोधका स्वर कमजोर हुँदै गएको र प्रतिगमनका प्रयत्न असफल भएको पनि एमालेको समीक्षा छ । ‘प्रतिगमनका केही प्रयत्न भए । जनताको सजकता र आन्तरिक दलको सक्रियता र सरकारको प्रभावकारिताले ती प्रयास निस्तेज भएका छन्’, ज्ञवालीले भने ।

यो वर्ष आफ्नै नेतृत्वमा बजेट आएकाले आशा पलाएको पनि उनले बताए ।

‘गत वर्ष अरुले नै बनाएको बजेट र नीति तथा कार्यक्रममा काम गर्नुपर्यो । हाम्रो हात बाँधिएको अवस्था थियो । हामीले मुलुकलाई सही दिशातिर अघि बढाएका छौं’, ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?