+
+
Shares

एनसीएचएल र एन्ट इन्टरनेसनलले क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन प्रवर्द्धन गर्ने

कम्पनीले बैंक तथा वित्तीय संस्था एवं पर्यटन क्षेत्रका सरोकारवालाको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्लियरिङ हाउस लिमिटेड र एन्ट इन्टरनेसनलले नेपालको पर्यटन प्रवर्द्धनका लागि संयुक्त कार्यक्रम आयोजना गरे।
  • कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल पर्यटन बोर्ड र बैंक तथा पर्यटन क्षेत्रका सरोकारवालाले भाग लिएका थिए।
  • नेपालपे क्यूआर र अलिपे प्लस नेटवर्कमार्फत क्रस-बोर्डर भुक्तानी सुविधाको परिचालन र डिजिटल अर्थतन्त्रमा यसको भूमिका छलफल गरियो।

११ असार, काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एन्ट इन्टरनेसनलले नेपालको पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले बैंक तथा वित्तीय संस्था एवं पर्यटन क्षेत्रका सरोकारवालाको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

नेपालको पर्यटन क्षेत्रलाई थप प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको विशेष भूमिकामा जोड दिँंदै आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, र निर्देशक सुभाषचन्द्र घिमिरे, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्मा, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, होटल एसोसिएसन नेपाल (हान) का सीईओ टेकबहादुर महत, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्त, अलिपे प्लसका कन्ट्री म्यानेजर सिट्टिपोङ किट्टिप्रापापोङ, एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधान लगायत विभिन्न बैंक तथा वित्तीय संस्था एवं पर्यटन क्षेत्रका सरोकारवालाको उपस्थिति थियो ।

एनसीएचएल र एन्ट इन्टरनेसनलले गत वर्ष कात्तिकमा नेपालपे क्यूआर र अलिपे प्लसबीच क्रस–बोर्डर भुक्तानी सुरुवात गरेका थिए । उक्त क्रस–बोर्डर भुक्तानी अन्तर्गत १७ भन्दा बढी अन्तर्राष्ट्रिय डोमेस्टिक ई–वालेट तथा मोबाइल बैंकिङ एपमार्फत नेपालमा नेपालपे क्यूआर नेटवर्कमा रहेका १२ लाखभन्दा बढी मर्चेन्टलाई भुक्तानी गर्न सकिने अवस्था छ ।

अलिपे प्लस नेटवर्कमा आबद्ध अलिपे (चिनियाँ मेनल्यान्ड), अलिपे एचके (हङकङ एसएआर), ताइवान (इटाली), एमपे (मकाओ एसएआर), टच एन वालेट र पब्लिक बैंक बर्हाडको माइपीबी (मलेसिया), हाइपे (मंगोलिया), जिक्यास (फिलिपिन्स), चांगी पे र ओसीबीसी सिंगापुर (सिंगापुर), नेभर पे र टस पे (दक्षिण कोरिया), र ट्रु पे (थाइल्यान्ड), बिग पे (सिंगापुर, थाइल्यान्ड, मलेसिया) लगायत पार्टनर एपबाट नेपालपे क्यूआर स्क्यान गरी क्रस बोर्डर भुक्तानी गर्न सकिन्छ ।

संयुक्त कार्यक्रममा नेपालको पर्यटन प्रवर्द्धन र यसमा डिजिटाइजेसनको भूमिकालाई बृहत रूपमा छलफल गरिएको थियो । कार्यक्रममा नेपालको आन्तरिक पर्यटनलाई थप प्रवर्द्धन गर्नुका साथै डिजिटल अर्थतन्त्र विकासमा विशेष टेवा पुर्‍याउने डिजिटल भुक्तानीका माध्यमको भूमिका तथा यसबाट अन्तर्राष्ट्रिय पर्यटक तथा स्थानीय मर्चेन्टलाई पुग्ने फाइदा लगायत विषयमा विशेष छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?