+

जनकपुरमा भोलिदेखि अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता

२०८२ असार  ११ गते २०:१३ २०८२ असार ११ गते २०:१३
जनकपुरमा भोलिदेखि अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाममा मुख्यमन्त्री अन्तर-प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ ।
  • प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
  • प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरूले पुरस्कार राशी न्यून भएको गुनासो गरेका छन्।

११ असार, जनकपुरधाम । जनकपुरधाममा मुख्यमन्त्री अन्तर-प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता हुने भएको छ ।

मधेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयको आयोजनामा जनकपुरको मिथिला अवध धर्मशालामा हुने दुई दिवसीय खेलको भोलि बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गर्ने कार्यक्रम छ ।

मधेश खेलकुद परिषद जनकपुरधाम तथा सहकार्य मधेश प्रदेश कबड्डी संघ समन्वयमा हुने प्रतियोगितामा सातवटै प्रदेशको कबडी टीमको सहभागीता रहने परिषादका सदस्य सचिव शिवजीप्रसाद कानुले बताए ।

कबडी तथा खेलकुदको विकासको उदेश्यसहित आयोजन भएको अन्तर-प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार रहेको छ ।

त्यस्तै दोस्रो हुने टिमले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने सदस्य सचिव कानुले बताए ।

जबकि दुई दिवसीय खेलका लागि मन्त्रालयको ५० लाख रुपैयाँ बजेट छ । तर प्रथम पुरस्कार राशी भने २५ हजार रुपैयाँ छ । यसबारे सञ्चारकर्मीहरूले आयोजकप्रति प्रश्न उठाएका थिए ।

जवाफमा सदस्य सचिव कानुले मधेश सरकारको खेलकुद कार्यविधि अनुसार नै प्रथम पुरस्कार २५ हजार रुपैयाँ मात्र रहेकाले सोही बमोजिम तय गरिएको बताए ।

तर पुरस्कार राशी अत्यन्त न्यून राखिएको भन्दै प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरू निराश बनेका छन् ।
आयोजकले पुरस्कार राशीबारे पूर्व जानकारी नदिएको उनीहरूको भनाइ छ । आयोजकको यस्तो कार्यले खेलाडीको मनोबल कमजोर बनाउने काम भएको उनीहरूले गुनासो गरे ।

कबडी संघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्ण पाण्डेले पुरस्कार अनुसार नै खेलाडीलाई खेल खेल्न मनोबल बढाउने काम गरेको बताउँदै यहाँ आइसकेका खेलाडी पुरस्कार राशी सुनेर निराश भएको गुनासो गरे ।

‘खेलमा पुरस्कारले धेरै अर्थ राख्छ । अन्तर प्रदेशिय खेल हुँदैछ । सबैथोक राम्रै होला सोचेर खेलाडी आएका हुन् । तर ५० लाख राशीको खेलमा अत्यन्त न्यून राशीको पुरस्कार राखेकोबारे अहिले थाहा पायौं । यसले खेलाडीलाई निराश बनाएको छ,’ उनले गुनासो गरे ।

लुम्बिनी प्रदेशबाट खेलाडीको नेतृत्व गर्दै आइपुगेका विनयकुमार कोइरी पुरस्कार राशीले खेलाडीको उत्साह घटाएको गुनासो पोखे ।

कबड्डी प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय