+
+
Shares

आङ छिरिङ शेर्पालाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १५:०६

१२ असार, काठमाडौं । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो ।

फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ७२ वर्षीय शेर्पा लामो समयदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् ।

पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् ।

शेर्पालाई असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए ।

(भूलसुधारः यसअघि फरक फोटो प्रकाशन भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।  -सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?