+
+
Shares

विद्यालय शिक्षा विधेयक संविधानसँग बाझिन हुँदैन : सांसद भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १७:२६

१२ असार, काठमाडौं । नेकपा एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संविधानसँग बाझिन नहुने बताएकी छिन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनमाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

‘संविधानले अनिवार्य र नि:शुल्क भनेको छ । संविधानको कार्यान्वयन गर्न ऐन बनाउँदै छौं,’ पूर्व शिक्षामन्त्री समेत रहेकी सांसद भट्टराईले भनिन्, ‘अनिवार्य तथा नि:शुल्कको व्यवस्था संविधानसँग बाझिनु भएन ।’

उनले निजि विद्यालय के गर्ने ? भन्दै प्रश्न गरिन् । साथै, सम्पत्तिको हकबारे छलफल गर्न सक्ने उनको भनाइ थियो ।

‘के गर्ने समिति स्पष्ट हुनुपर्छ । शिक्षा सेवा हो । संविधानले पनि व्याख्या गरेको छ,’ सांसद भट्टराईले भनिन्, ‘निजीमा अभिभावकले शुल्क तिरेको छ । सामुदायिकमा सरकारले तिरेको छ ।’

अभिभावकले बोकेके भार राज्यले बोक्ने संविधानको स्पिट रहेको उनले बताइन् । ‘अब कम्पनी ऐन अन्तर्गत गर्दा शिक्षा मन्त्रालयले रेगुलेट गर्न सक्दैन । अहिले उद्योग मन्त्रालयले गरिरहेको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?