+
+
Shares

हरर कमेडी ‘घोस्टेल’ले प्रमुख सहरमा अडिसन आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनन्या फिल्म्सले ‘घोस्टेल’को कलाकार छनोटका लागि काठमाडौं, पोखरा, नेपालगञ्जमा अडिसन आयोजना गर्नेछ।
  • निर्माता सरोज न्यौपानेले फिल्म सन् २०२६ मा निर्माण हुने र सुयोग गुरुङसँग मिलेर निर्माण गर्ने बताए।
  • फिल्मको निर्देशन सुरज सुनुवारले गर्ने र ‘जेरी अन टप’ रिलिजपछि छायांकन सुरु हुने छ।

काठमाडौं । अनन्या फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘घोस्टेल’को कलाकार छनोटलाई प्रमुख सहरमा अडिसन आयोजना गरिने भएको छ ।

अहिलेसम्म एक्टर फाइनल नभैसकेको बताउँदै निर्माता सरोज न्यौपानेले काठमाडौं, पोखरा, नेपालगञ्जसहितका सहरमा अडिसन गर्न लागिएको बताए ।

फिल्मको टाइपो सार्वजनिक गर्दै निर्माताले बुधबार फिल्म निर्माणको घोषणा गरेका थिए । सन् २०२६ मा निर्माण हुने बताइएको यो फिल्मलाई सरोजले सुयोग गुरुङसँग मिलेर निर्माण गर्दैछन् ।

यो हरर कमेडी फिल्मलाई ‘षडङ्ग’ र ‘खजुरे ब्रो’ फेम्ड सुरज सुनुवारले निर्देशन गर्दैछन् । अनन्या फिल्म्सले सन् २०२६ मा यो सहित दीपकराज गिरीसँग अर्को एक फिल्म पनि निर्माण गर्दैछ ।

निर्माता न्यौपानेले निर्माण गरेको ‘जेरी अन टप’ रिलिजपछि मात्र ‘घोस्टेल’को छायांकन सुरु गर्ने तयारी छ । अनमोल केसी स्टारर ‘जेरी अन टप’लाई सुयोगले निर्देशन गरेका थिए ।

’जेरी अन टप’ तिहारमा प्रदर्शन हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?