
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्सा प्रहरीले १२ असार काठमाडौंबाट ३१२ किलो चरेससहित एक व्यक्तिलाई पक्राउ गर्यो।
- पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान छन्।
- उनीविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान भइरहेको छ।
१२ असार, काठमाडौं । तीन सय १२ किलो चरेससहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।
११ असारमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालबाहक ट्रकमा खानतलासी गर्दा उक्त चरेस बरामद भएको हो ।
वीरगञ्जको परवानीपुर चोकमा रोकेको अवस्थामा उक्तका चालक स्याङ्तान समेतलाई नियन्त्रणमा लिएर प्रहरीले खानतलासी गर्दा चरेस भेटिएको हो ।
पक्राउ परेका स्याङ्तानविरुद्ध लागुऔषधको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4