+
+
Shares

‘स्क्विड गेम’को सिजन ३ शुक्रबार नेपालमा कति बजे हेर्न सकिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘स्क्विड गेम’को तेस्रो सिजन शुक्रबार नेपाली समयानुसार १२:४५ मा रिलिज हुनेछ।
  • सिरिजमा ६ एपिसोड रहने र प्रत्येकको रनटाइम ५२ देखि ६२ मिनेटसम्म हुनेछ।
  • अघिल्ला दुई सिजन जस्तै यो सिजन पनि विश्वभरि लोकप्रिय र प्रतीक्षाको विषय बनेको छ।

काठमाडौं । विश्वभर प्रतीक्षा गरिएको नेटफ्ल्क्सि सिरिज ‘स्क्विड गेम’को तेस्रो सिजन शुक्रबारदेखि रिलिज हुँदैछ । नेपाली समयानुसार शुक्रबार १२ बजेर ४५ मिनेटमा तेस्रो तथा अन्तिम श्रृंखला इन्टरनेटमा आउनेछ ।

अन्तिम सिजनमा ६ एपिसोड हुने जनाइएको छ । एउटा सिरिजको रनटाइम ५२ मिनेटदेखि ६२ मिनेटसम्म हुनेछ ।

खतरनाक खेलमा प्लेयर ४५६ अर्थात सियोङ गी हुन पात्रले गर्ने संघर्षको कथावस्तुमा सिरिज आधारित छ । गि-हुन र फ्रन्टम्यान अन्तिम सिजनमा आमनेसामने हुने अपेक्षा गरिएको छ ।

खेल आयोजना गर्ने संस्थाविरुद्ध गी हुनले गर्ने विद्रोह यसको केन्द्रीय कथावस्तु हो । सिरिजको शीर्ष भूमिका प्लेयर ४५६ को रोलमा अभिनेता ली जङ-जेले अभिनय गरेका छन् ।

तपाईंले सिरिजका अघिल्ला दुवै सिजन हेर्नुभएको छ भने, तेस्रो सिजन झनै रोचक हुनसक्छ । नेपाली दर्शकमाझ पनि यो सिरिज निकै लोकप्रिय छ । ‘स्क्विड गेम’का अघिल्ला दुबै सिजन नेटफ्ल्क्सि इतिहासमा सर्वाधिक हेरिएका सिरिज हुन् । तेस्रो सिजन पनि विश्वभर प्रतीक्षाको विषय बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?