News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ मा उत्कृष्ट दक्षिण कोरियाली सिरिजको शीर्ष ५ सूची सार्वजनिक भएको छ जसमा थ्रीलर र काल्पनिक कथा समावेश छन्।
- शीर्ष ५ सिरिजमा 'व्हेन लाइफ गिव्स यू टेंजरिंग' आइएमडीबी रेटिङ ९.१ सहित पहिलो स्थानमा छ।
- विश्वभर सबैभन्दा धेरै हेरिएको 'स्क्विड गेम' शीर्ष ५ सूचीमा समावेश छैन।
काठमाडौं । सन् २०२५ सकिन केही दिन मात्र बाँकी छ । पछिल्ला १२ महिनामा केही उत्कृष्ट कोरियाली श्रृंखला ओटीटीमा रिलिज भए । चाहे त्यो “व्हेन लाइफ गिव्स यू टेंजरिंग’ होस् वा “स्क्विड गेम’ को अन्तिम सिजन ।
तर, दर्शकमा छाप छाडेका शीर्ष ५ दक्षिण कोरियाली सिरिज छन्, जसमा थ्रीलर र काल्पनिक कथा समावेश थिए । यसवर्षका उत्कृष्ट कोरियन सिरिजको सूची सार्वजनिक भएको छ ।
रोचक कुरा के छ भने, विश्वभर सबैभन्दा धेरै हेरिएको वेब-सिरिज ‘स्क्विड गेम’ शीर्ष ५ सूचीमा समावेश छैन ।
हामी तपाईंलाई सन् २०२५ का सबै शीर्ष के-सिरिजहरूको शीर्ष ५ को बारेमा बताउन गइरहेका छौं । यसमा नेटफ्लिक्स र अन्य प्लेटफर्ममा स्ट्रिम हुने श्रृंखला समावेश छन् । यस्तो छ सूची :
१) व्हेन लाइफ गिव्स यू टेंजरिंग : आइएमडीबी रेटिङ ९.१
२) वीक हिरो : आइएमडीबी रेटिङ ८.४
३) द ट्रमा कोड- हिरो अन कल : आइएमडीबी रेटिङ ८.४
४) स्टडी ग्रुप : आइएमडीबी रेटिङ ८.२
५) वे ब्याक लभ : आइएमडीबी रेटिङ ८.१
प्रतिक्रिया 4