+

मनाङ मर्स्याङ्दी फुटसल कोर्टले ‘जेनजी सहिद स्मारक फुटसल प्रतियोगिता’ गर्ने

२०८२ पुष  ३ गते १६:५६ २०८२ पुष ३ गते १६:५६
मनाङ मर्स्याङ्दी फुटसल कोर्टले ‘जेनजी सहिद स्मारक फुटसल प्रतियोगिता’ गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको सामाखुसीस्थित मनाङ मर्स्याङ्दी फुटसल कोर्टले पुस ४ र ५ गते जेनजी सहिद स्मारक फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
  • प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार ५५५ रुपैयाँ पाउनेछन्।
  • प्रतियोगिताको अनुमानित खर्च ७ देखि ९ लाख रुपैयाँ रहेको र बाँकी रकम सहिद परिवार तथा सामाजिक कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएका छन्।

३ पुस, काठमाडौं । काठमाडौंको सामाखुसीस्थित मनाङ मर्स्याङ्दी फुटसल कोर्टले यही पुस ४ र ५ गते जेनजी सहिद स्मारक फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

२०६० सालमा स्थापना भएको मनाङ फुटसल कोर्टले जेनजी सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ५० हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ।

आयोजनाको अनुमानित कुल खर्च ७ देखि ९ लाख रुपैयाँ रहेको छ। प्रतियोगितालाई सफल बनाउन प्रवासमा रहेका नेपालीहरूको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ।

यूकेबाट राम गुरुङ, हङकङबाट स्यामस्योन गुरुङ र प्रदीप गुरुङलगायत शुभचिन्तकहरूले आर्थिक तथा नैतिक सहयोग गरेका छन्।

प्रतियोगिताबाट खर्च कटाएर बाँकी रहने रकम सहिद परिवारको सहयोग, युवा विकास कार्यक्रम तथा अन्य सामाजिक कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ।

जेनजी सहिद स्मारक फुटसल प्रतियोगिता मनाङ मर्स्याङ्दी फुटसल कोर्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय