News Summary
Generated by OK AI. Editorially reviewed.- प्रिमियर लिगका म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डमाथि २-० को जितसहित ईएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
- न्युकासल युनाइटेडले फुलहामलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
- सिटीका रायन चेर्की र साभिन्होले गोल गरे भने न्युकासलका यान विसाले अग्रता र लेविस मिलेले विजयी गोल गरे।
३ पुस, काठमाडौं । प्रिमियर लिगका म्यान्चेस्टर सिटी र न्युकासल युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डमाथि २-० को जित हासिल गर्यो । सिटीको जितमा रायन चेर्की र साभिन्होले १-१ गोल गरे ।
३२औं मिनेटमा चेर्कीले गोल गर्दै अग्रता दिलाएका थिए भने ६७औं मिनेटमा साभिन्होले अर्को गोल थपे ।
यस्तै गएराति नै भएको खेलमा न्युकासलले फुलहामलाई २-१ गोलअन्तरले पराजित गर्यो ।
खेलको १०औं मिनेटमा यान विसाले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा सासा लुकिचले बराबरी गोल गरे ।
इन्जुरी समयमा लेविस मिलेले न्युकासलका लागि विजयी गोल गरे ।
प्रतिक्रिया 4