News Summary
Generated by OK AI. Editorially reviewed.- रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई नगद १० हजारसहित सम्मान गरेको छ।
- उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि रिभेराको स्पोर्टस् मिटमा सम्मान गरिएको छ।
- रेनु तामाङले यूएईको दुबईमा भएको एसियन युथ पारा गेम्समा महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य पदक जितेकी थिइन्।
३ पुस, काठमाडौं । रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीबार नगद १० हजारसहित सम्मान गरेको छ । सोही अवसरमा उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए ।
उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, स्कुल व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भट्टराई, स्कुल सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठ र प्रिन्सिपल प्रज्ज्वल कोईरालाले सम्मान गरे ।
रेनुले यूएईको दुबईमा डिसेम्बर ७ देखि १४ तारिखसम्म भएको एसियन युथ पारा गेम्समा के–४४ क्याटगोरीको महिला ४७ केजीमुनि तौलसमूहमा कांस्य जितेकी थिइन् ।
रेनु नेपाल तेक्वान्दो संघको आयोजनामा डिसेम्बर १ देखि ६ तारिखसम्म भएको १३ औं कोरियन एम्बेस्डर इन्टरनेसनल तेक्वान्दो ओपन च्याम्पियनसिपकी स्वर्ण विजेता हुन् ।
रेनु र नेगी राखेपले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा छन् ।
प्रतिक्रिया 4