News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिप २०२६ का लागि नेपाली पुरुष र महिला टोलीको बन्द प्रशिक्षण घोषणा भएको छ।
- पुरुष र महिलातर्फ समान १७-१७ खेलाडी बन्द प्रशिक्षणका लागि बोलाइएका छन्।
- साफ फुटसल च्याम्पियनसिप पहिलोपटक दक्षिण एसिया बाहिर थाइल्यान्डमा हुने छ।
३ पुस, काठमाडौं । थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिप २०२६ का लागि नेपाली पुरुष र महिला टोलीको बन्द प्रशिक्षण घोषणा भएको छ । प्रशिक्षणका लागि दुवैतर्फ समान १७ खेलाडी बोलाइएका छन् ।
पुरुषतर्फ अमित तामाङ, आशिष दंगाल, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नरसिंह राणा, विशाल सारु मगर, दिपेश श्रेष्ठ, जेनिश प्रजापति, लाक्पा लामा, मनिष सेडाइ, पदम तामाङ, पेम्बा दोर्जे लामा, प्रज्ज्वल शाही, सञ्जे स्याङ्तान, सरोज तामाङ, सुबेत लामा र सुरज गुरुङ बन्द प्रशिक्षणमा बोलाइएका छन् ।
यस्तै महिलातर्फ अनिता केसी, अञ्जली मछामसी, बिमला चौधरी, बिमला थापा, दीपा राई, जेनिफर राना, झरना डुम्राकोटी, झरना नगरकोटी, मनीषा थापा मगर, प्रतिक्षा ठाकुरी, पूर्णिमा हमाल, रोशनी बोहोरा क्षेत्री, साबित्री किसन, साधवी मल्ल, सजिना कोइराला, सुनकला राई र सुष्मा तामाङ बन्द प्रशिक्षणमा छनोट भएका छन् ।
पहिलोपटक हुन लागेको साफ फुटसल च्याम्पियनसिपमा दक्षिण एसियाका सातै देशका पुरुष र महिला टिम सहभागी हुनेछन् ।
साफको कुनै पनि प्रतियोगिता पहिलो पटक दक्षिण एसिया बाहिर हुन लागेको हो । यसपटक महिला र पुरुष दुवैको प्रतियोगिता थाइल्यान्डमा हुनेछ ।

प्रतिक्रिया 4