+
+
Shares

रास्वपाबाट प्रत्यक्षमा उम्मेदवारी दिन चाहनेले समानुपातिकबाट नाम फिर्ता लिन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवारलाई प्रत्यक्षतर्फ आवेदन दिन पुस ५ गतेसम्म समयावधि तोकेको छ।
  • समानुपातिक उम्मेदवारले नाम फिर्ता गर्दा शुल्क तिर्नु नपर्ने पार्टी सचिवालयले निर्णय गरेको छ।
  • पार्टीले पुस ४ गते निर्वाचन पूर्व तयारी छलफल आयोजना गर्ने र भुवन केसीलाई स्टार्टअप विभाग प्रमुख मनोनित गर्ने निर्णय गरेको छ।

३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ उम्मेदवार हुन आवदेन दिएका तर प्रत्यक्षतर्फ परिवर्तन गर्न इच्छुकलाई अवसर दिएको छ ।

समानुपातिक तर्फको नाम फिर्ता गरी प्रत्यक्षतर्फ आवेदन दिन पुस ५ गतेसम्मका लागि समयावधि तोकिएको छ । परिवर्तन गर्दा शुल्क तिर्नु नपर्ने पार्टी सचिवालय बैठकको निर्णय गरेको छ ।

समानुपातिक तर्फ उम्मेदवारका लागि आवेदन दिने केन्द्रीय समितिका सदस्यहरू समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ ।

पार्टी केन्द्रीय विभागलाई निर्वाचन लक्षित गतिविधिमा संलग्न गराउन उद्देश्यले ’निर्वाचन पूर्व तयारी छलफल’ आयोजना गरिने भएको छ । पुस ४ गते हुने उक्त छलफलको संयोजन महामन्त्री कविन्द्र बुर्लाकोटीले गर्ने भएका छन् ।

सचिवालय बैठकले स्टार्टअप तथा नवप्रवर्तन विभाग प्रमुखमा भुवन केसीलाई मनोनित गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?