
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले काठमाडौंको सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्न १९ आना जग्गा र तीन तले घर किन्ने निर्णय गरेको छ।
- पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सम्झौता भएको र १३ करोड रुपैयाँ सहयोगमार्फत तिर्ने बताए।
- सम्झौता एक वर्षभित्र पास गर्ने र जग्गा धनीसँग ५० लाख रुपैयाँ बैना सहित भएको हो।
१३ असार, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय रहेको सानेपाको कार्यालय विस्तार गर्न थप १९ आना जग्गा किन्ने भएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालय परिसरलाई थप फराकिलो र व्यवस्थित बनाउन कार्यालय अगाडि रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको हो ।
पौडेलका अनुसार पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर खरिद गर्ने सम्झौता भएको छ ।
‘जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता भएको छ,’ पौडेलले भने, ‘निर्धारित १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4