+

फिफा क्लब विश्वकपको नकआउट समीकरण पूरा

२०८२ असार  १३ गते १८:२५ २०८२ असार १३ गते १८:२५
फिफा क्लब विश्वकपको नकआउट समीकरण पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा क्लब विश्वकपको नकआउट चरणको समीकरण पूरा भएको छ।
  • समूह 'एच' का रियल मड्रिड र अल-हिलाल अन्तिम १६ मा प्रवेश गरे।
  • अन्तिम १६ का खेलहरू पाल्मेइरास, बेनफिका, पीएसजी, इन्टर मियामी, रियल मड्रिड लगायत टोलीहरूबीच हुनेछन्।

१३ असार, काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको नकआउट समीकरण पूरा भएको छ । शुक्रबार विहान समूह चरणका सबै खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

शुक्रबार विहान भएको समूह चरणका अन्तिम २ खेलमा स्पेनी महारथी रियल मड्रिड र साउदी क्लब अल-हिलाल विजयी भए ।

समूह ‘एच’ को खेलमा साल्जबर्गलाई ३-० ले पराजित गर्दै रियल मड्रिड समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्‍यो । रियलका लागि खेलको ४०औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए भने इन्जुरी समयमा फेडेरिको भाल्भर्डेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो हाफमा रियलले थप एक गोल गर्‍यो । खेलको ८४औं मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै रियल मड्रिडलाई ३-० को जित दिलाए ।

यही समूहको अर्को खेलमा अल हिलालले पाचुकालाई २-० गोलअन्तरले पराजित गर्‍यो । अल-हिलालको जितमा सलेम अलदावसारी र मार्कोस लियोनार्डोले गोल गरे ।

यी नतिजापछि ३ खेलबाट ७ अंक जोडेको रियल मड्रिड समूह ‘एच’ को विजेता रूपमा अन्तिम १६ मा प्रवेश गर्‍यो भने ३ खेलबाट ५ अंक जोडेको अल हिलाल समूह उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्‍यो ।

साल्जबर्गको ४ अंक मात्र भयो । पाचुका भने सबै खेलमा पराजित भएको थियो ।

अन्तिम १६ का खेलहरू

पाल्मेइरास र बोटाफोगो

बेनफिका र चेल्सी

पीएसजी र इन्टर मियामी

फ्लामंगो र बायर्न म्युनिख

इन्टर मिलान र फ्लुमिनेस

म्यान्चेस्टर सिटी र अल हिलाल

रियल मड्रिड र युभेन्ट्स

बोरुसिया डर्टमुन्ड र सिएफ मोन्टेरे

फिफा क्लब विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय