+
+
Shares

एसईई नतिजा: गणितमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८० को नतिजा सार्वजनिक गरी गणितमा सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको जानकारी दिए।
  • गणितमा १ लाख २८ हजार २१५ विद्यार्थी अनुत्तीर्ण भएका छन्, जुन सबै विषयको भन्दा उच्च हो।
  • अन्य विषयहरूमा अंग्रेजी, विज्ञान प्रविधि, नेपाली, सामाजिक अध्ययन, अर्थशास्त्र र अप्सनल म्याथमा पनि ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएका छन्।

काठमाडौं, असार १३ – राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् ।

बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन् । यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो ।

त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र अप्सनल म्याथमा १८ हजार २२२ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?