+
+
Shares

‘हली’को गीत ‘चान्स पाएँ त’मा दीपा, प्रियंका, दिलिपको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘हली’को प्रमोसनल गीत शुक्रबार काठमाडौंमा सार्वजनिक गरियो।
  • गीतमा बाबुल गिरी र शान्तीश्री परियारको स्वर, श्रेष्ठको शब्द र गिरीको संगीत छ।
  • फिल्ममा प्रमोद दीप, दीपाश्री निरौला लगायत कलाकारहरूले नृत्य गरेका छन्।

काठमाडौं । पूजा गुरुङ र जस्मिन श्रेष्ठको लगानीमा तयार भएको फिल्म ‘हली’को प्रमोसनल गीत शुक्रबार सार्वजनिक गरिएको छ । आयोजना गरिएको पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो ।

बाबुल गिरी र शान्तीश्री परियारको स्वर, श्रेष्ठको शब्द र गिरीको संगीत रहेको गीत सार्वजनिक गरिएको हो । कर्णप्रिय रहेको गीतको भिडियोलाई आकर्षक बनाइएको छ ।

शुभ चिरायू फिल्मस्सँग जापुरा फिल्मस् प्रोडक्सनको व्यानरले सहकार्य गर्दै निर्माण गरिएको यो फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । गीतमा कलाकार प्रमोद दीपसँगै दीपाश्री निरौला, किरण केसी, दिलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन् ।

कलाकारको बलियो नृत्यले गीतको भिडियोलाई सशक्त बनाएको छ । वास्तविक जीवनका घटनाबाट प्रेरित भनिएको यो फिल्ममा नम्रता भण्डारी सह–निर्माताको रुपमा छिन् ।

फिल्ममा प्रमोद दीप, सुजाता थापा, ओम प्रतीक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको पनि अभिनय छ ।

अर्जुन भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बज्राचार्य लाइन प्रोड्युसर, जीवननाथ गौतम मुख्य सहायक निर्देशक, राम प्रसाद चौधरीको सम्पादन छ । गीतलाई विपिन मल्लले सम्पादन गरेका हुन् । भिडियोलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । फिल्ममा राहुल राइको छायांकन छ ।

कार्यक्रममा बोल्दै निर्मात्री श्रेष्ठले देशमा परिवर्तन ल्याउनका लागि एकजना ‘हली’ नै काफी रहेको कथा यो फिल्मले बताउने जानकारी दिइन् । दर्शकले साथ दिएको खण्डमा निरन्तर रुपमा फिल्ममा काम गर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?