+
+
Shares

अभिनेत्री वर्षा सिवाकोटी जेरोनाको ब्राण्ड एम्बेसडरमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते २१:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री वर्षा सिवाकोटीलाई जेरोना वेलनेस प्रालिले २०८२ सालमा ब्राण्ड एम्बासडर बनाएको छ।
  • उनी नयाँ फिल्म ‘गोबर गणेश’मा अनुबन्धित भएको खबरसँगै व्यवसायिक दूतको रुपमा नियुक्त भएकी हुन्।
  • कम्पनीले जेठ दोस्रो सातादेखि बजारमा उपलब्ध गराएका सौन्दर्य सामग्रीहरु नेपाली बजारमा ल्याएको छ।

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई २०८२ साल फापिरहेजस्तो देखिन्छ । उनी एकपछि अर्को गरि फिल्ममा अनुबन्धित मात्र होइन, व्यवसायिक उत्पादनको प्रवर्धनमा समेत जोडिएकी छन् ।

जेरोना वेलनेस प्रालिले उनलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । व्यवसायिक दूतमा नियुक्त गरेसँगै कम्पनीले प्रोमो भिडियो पनि सार्वजनिक गरेको छ ।

नयाँ फिल्म ‘गोबर गणेश’मा अनुबन्धित भएको खबर बाहिरिएको दिनमै वर्षा उक्त कम्पनीको दूतमा नियुक्त भएकी हुन् । कम्पनीले उत्पादन गरेका सौन्दर्य प्रशासनका सामग्री जेठ दोस्रो सातादेखि बजारमा उपलब्ध छन् ।

जेरोनाले छालाको सुरक्षामा ध्यानमा राख्दै १० प्रकारका उत्पादन जेरोना डर्मा ब्राण्डमा नेपाली बजारमा ल्याएको छ । कम्पनीका संचालक दुर्गाराज श्रेष्ठले अहिलेकी चर्चित अभिनेत्रीलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेकोमा खुसी जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?