+
+
Shares

‘काँटा लगा’ गीतबाट चिनिएकी ‘शेफाली जरीवाला’को निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते ९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शेफाली जरीवालाको ४२ वर्षको उमेरमा हृदयघातको कारण मुम्बईमा निधन भयो।
  • उनको मृत्युको घटनास्थलमा प्रहरी र फोरेन्सिक टोलीले अनुसन्धान गरिरहेको छ।
  • उनी टिभी र फिल्म क्षेत्रमा परिचित र लोकप्रिय कलाकार थिइन्।

मुम्बई । चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १३’ फेम्ड अभिनेत्री, मोडल तथा ‘काँटा लगा’ गीतबाट चर्चामा आएकी शेफाली जरीवालाको निधन भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार ४२ वर्षको उमेरमा हृदयघातको कारण उनको शुक्रबार राती निधन भएको हो । स्वास्थ्य असहज भएपछि उनका पति, अभिनेता पराग त्यागीले शेफालीलाई अस्पताल पुर्‍याए, जहाँ उनलाई मृत घोषित गरियो ।

उनको शवलाई पोस्टमार्टमको लागि राति १२ः३० बजेतिर कूपर अस्पताल लगिएको थियो । यसैबीच, मुम्बई प्रहरी राति अबेर अनुसन्धानको लागि शेफालीको अंधेरीस्थित घरमा पुगेको थियो ।

घटनास्थलमा फोरेन्सिक टोली पनि उपस्थित थियो । घरभित्र शंकास्पद कुराको खोजी गरिएको थियो । यद्यपि उनको मृत्युको परिस्थितिको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरिएको छैन, प्रहरी र फोरेन्सिक टोलीको उपस्थितिले यो मुद्दालाई शंकास्पद मानिएको संकेत गर्छ ।

अभिनेत्री अन्तिम पटक सन् २०२४ को टिभी कार्यक्रम ’शैतानी रश्मे’ मा पर्दामा देखिएकी थिइन् ।

सन् २००२ मा रिलिज भएको गीत ‘काँटा लगा’ म्युजिक भिडियोबाट उनी प्रसिद्धीको शिखरमा पुगिन । त्यसपछि उनी सलमान खानको फिल्म ‘मुझसे शादी करोगी’मा देखा परिन् र सन् २०१९ को वेब सिरिज ‘बेबी कम ना’मा अभिनय गरिन् । उनले ‘बुगी वूगी’ र ‘नच बलिए’जस्ता लोकप्रिय डान्स रियालिटी शोहरूमा पनि भाग लिइन् ।

शेफालीले दुई विवाह गरेकी थिइन् । उनको पहिलो विवाह सन् २००४ मा मीत ब्रदर्सका संगीतकार हरमीत सिंहसँग भएको थियो, तर सन् २००९ मा उनीहरूको सम्बन्ध विच्छेद भयो । त्यसपछि शेफालीले सन् २०१५ मा अभिनेता पराग त्यागीसँग विवाह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?