+
+
Shares

मदन भण्डारीलाई हामीले महासचिव बनाएका हौं : प्रधानमन्त्री ओली

‘जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो,’ प्रधानमन्त्री ओलीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १५:३४

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई आफूहरूले छलफल र विश्लेषणसहित पार्टीको महासचिव बनाएको बताएका छन् ।

शनिबार मदन जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने मदन भण्डारीले म महासचिव बन्छु भन्नुभएको थिएन । हामीले नै बनाएका थियौं । छलफल विश्लेषण गरेर निष्कर्ष निकालेर हामीले बनाएका थियौं ।’

उक्त विषयमा आम रुपमा पनि सहमतिको वातावरण बनेको अध्यक्ष ओलीले स्मरण गरे ।

‘त्यस कुरामा आम रुपमा भन्ने हो भने सहमतिको वातावरण नै बनेको थियो र उहाँ महासचिव बन्नुभएको थियो,’ उनले भने ।

मदन भण्डारीको मृत्यु भएपछि जबजका आवाजको बढी चर्चा भएको भन्दै उनले यसलाई गणना गर्दा चौथो महाधिवेशनबाटै सुरु गर्नुपर्ने बताए ।

‘त्यसयता जबजका तीन दशक आजको छलफलको प्रारम्भ भएको छ । जबजका तीन दशकलाई गणना गर्दा पाँचौं महाधिवेशनबाट गर्न हुँदैन । त्यतिबेलासम्म त जबजले काम देखाइसकेको थियो, नाम नराखिएको मात्रै हो,’ प्रधानमन्त्री ओलीले भने ।

जबजका साढे ३ दशकभन्दा लामो अवधि भइसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ । तीन दशक त जननेता मदन भण्डारीका आवाजका दशक रहे,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँ बितिसक्नु भएपछि ०५० साल जेठ ३ गतेदेखिका तीन दशक हुन् । यी तीन दशक अत्यन्तै चुनौतीका दशक रहे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?