+
+
Shares

अध्यक्षमाथिको षड्यन्त्र डटेर सामना गरौं : मेटमणि चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा चलाएको बताए।
  • उहाँले विरोधीहरूले पार्टीभित्रैबाट खिसिट्यूरी गर्ने काम भएको र मुकाविला गर्नुपर्ने बताए।
  • कार्यक्रममा नेताहरूले पार्टीमा सुधार र करेक्सन आवश्यक रहेको र नयाँ दिशामा लैजानुपर्ने धारणा व्यक्त गरे।

१४ असार,बुटवल । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विरोधीहरूले षड्यन्त्र गरेर मुद्दा चलाएको दाबी गर्दै डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले माधव नेपाल पनि केपि ओली र अन्य नेता जस्तै हो भन्ने जबरजस्ती स्थापित गर्न षडयन्त्रपूर्वक पञ्तञ्जलीको बिषयमा मुद्दा चलाएको बताए ।

अख्तियार आफैंले तामेलीमा राखिसकेको बिषयलाई प्रतिशोधकै कारण ब्यूत्याउने काम भएको उनको टिप्पणी छ । तत्कालिन समयमा नेकपा एकिकृत समाजवादी पार्टी निर्माणका बेलामा बालुवाटार र ललिता निवासमा जोडेर बदनाम गराउन खोजेको स्मरण गर्दै अहिले जबरजस्ती माधव नेपालमाथि प्रहार गरिएको बताए ।

‘अख्तियारले तामेलीमा राखिसकेको, संविधानमा समेत नीतिगत निर्णयका बिषयमा अख्तियारको क्षेत्राधिकारमै पर्दैन,’ उनले भने ।

विरोधीहरूले पार्टी अध्यक्षमाथि प्रहार गरिरहँदा पार्टीभित्रैबाट खिसिट्यूरी गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए । उनले नेपाललाई मुद्दा लगाउने काम ठिक मान्नेहरु विपक्षीको पाउमा पार्टी बुझाउन खोजेको टिप्पणी गरे ।

‘यस्तो बेला डटेर मुकाविला गर्ने हो, नैतिकताको नाममा राजीनामा दिने र भाग्ने कुरा विल्कुलै ठिक हुँदैन’, उनले भने, ‘नबिराउनु नडराउनू, दुश्मनहरूसँग एकजुट भएर मुकाविला गरौं ।’

उनले आफूहरु विद्रोहबाट स्थापित भएकाले २०८४ को निर्वाचनसम्म पार्टीलाई बलियो बनाउने दावी गरे । दैशैभर युवाहरुको एकिकृत समाजवादीमा आर्कषण रहेको समेत उनले दावी गरे ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झांक्रीले पार्टीमा करेक्सन गर्नुपर्ने बताईन् । उनले पार्टी अध्यक्षमाथि उठेको सवैधानिक र कानुनी समस्याबारे अर्ली महाधिवेशन गरेर समाधान गर्नुपर्ने मत राखिन् । नेतृत्वमा एउटै व्यक्ति भइरहँदा ‘मास फ्रस्टेशन’ भएको समेत बताइन् । उनले अब पार्टीलाई करेक्सन गर्दै नजाने हो भने असन्तुष्टिहरु बढेर अराजकहरुको हातमा राजनीति जान सक्ने संकेत गरिन् ।

‘आम रुपमा अराजकता छ, पुराना नेता र सिस्टमलाई गलत देखाएर पञ्चायतका प्रेतआत्माहरु जागेर व्यवस्थाका विरुद्ध बोलेका छन्, अब सोच्नुपर्दैन ?,’ उनले प्रश्न गरिन् । उनले पुनरुत्थानबादी शक्तिहरुले खुलेआम गणतन्त्रविरुद्ध बोल्ने अवस्था किन आयो भनेर दलहरू र राजनीतिज्ञहरूले करेक्सन गर्नुपर्ने बेला आएको बताइन् ।

उनले अब यी सबै कुराहरूबाट शिक्षा लिँदै पार्टीलाई नयाँ ढंगले लैजाने संकल्प गर्नुपर्ने बेला आएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?