+
+
Shares

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते ९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको चतरा–कान्छी चोकमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भयो।
  • दुर्घटनामा घाइते दुईजनाको उपचार भइरहेको छ।
  • प्रहरीले दुर्घटना तीव्र गतिका कारण भएको बताए।

१५ असार, विराटनगर । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

सुनसरीको चतरा–कान्छी चोक भित्री सडक खण्डस्थित रामधुनी नगरपालिका–७ बासबिटीमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएका थिए ।

साँझ करिब साढे ७ बजे भएको दुर्घटनामा परी ५८६४ नम्बरको मोटरसाइकलका चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र ९६०५ नम्बरको मोटरसाइकलका चालक सुनसरीको इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार  बीपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठान धरानमा उपचारका क्रममा उनीहरुको शनिबार राति नै मृत्यु भएको हो ।

दुर्घटनामा रामधुनी–६ की ३२ वर्षीय प्रतीक्षा चौधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार घाइते प्रतीक्षा मृतक इनर्चन चौधरीकी पत्नी हुन् । दुवै मोटरसाइकल तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?