
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।
- बोलकबोल मार्फत ६३ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमा आवेदन गर्न बैंक र वित्तीय संस्थाले १० करोडदेखि ५ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन्।
- बोलकबोलको ब्याजदर राष्ट्र बैंकले तय गर्नेछ र साँवाब्याज आगामी १५ भदौमा भुक्तानी हुनेछ।
१५ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । यसको साँवाब्याज आगामी १५ भदौमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउँछन् ।
प्रतिक्रिया 4