
News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधामको धनुषा जिल्लामा दुई दिवसीय आँप मेला सम्पन्न भयो।
- मेलामा २० हजार मानिसले अवलोकन गरे र १० लाख भन्दा बढीको कारोबार भयो।
- उद्घाटन मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले गर्नुभएको थियो।
१५ असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा शनिबारदेखि जारी दुई दिवसीय आँप मेला सकिएको छ ।
उत्पादित आँपलाई प्रवर्द्धन, बजारिकरण तथा पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘चित्रपुर आँप मेला महोत्सव – २०८२’ झन्डै २० हजार मानिसले अवलोकन गरेको आयोजकले जनाएको छ ।
चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा भएको मेलाको उद्घाटन शनिबार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए ।
मेलामा विभिन्न थरिका आँपका अचार, अमोट, आमिल, जुस प्रदर्शनीसँगै बिक्रीवितरण समेत गरिएको बोर्डका अध्यक्ष प्रदीप महतोले बताए । मेलामा १० लाख भन्दा बढीको कारोबार भएको महतोको भनाइ छ ।
उनका अनुसार मेलमा आगन्तुकलाई नि:शुल्क रुपमा आँप खुवाइएको छ । आँपकै रुखमा पिङ बनाएर न्यून शुल्कमा अतिथिलाई रमाइलो गराएको उनको भनाइ छ ।
तीन सय विघा भन्दा बढी क्षेत्रफलमा आँप खेती रहेको चित्रपुरको बगैंचमा गत वर्षदेखि किसानहरु मिलेर आँपको प्रवर्द्धनसँगै बजारीकरणको लागि आँप मेला आयोजन गर्न थालेका हुन् ।
आगामी वर्षदेखि अझ व्यवस्थित तरिकाले मेला आयोजन गर्ने आयोजकको भनाइ छ ।
तस्वीरहरु: शैलेन्द्र महतो/अनलाइनखबर
प्रतिक्रिया 4