+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.2)
VS
८८ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आलमको मुद्दा सर्वोच्चबाट पुनरावेदन गर्न सांसद श्रेष्ठको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १९:३१

१५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ज्यान मुद्दामा सफाइ पाएका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट पुनरावेदन हुुनपर्ने माग राखेकी छिन् ।

महान्यायाधिवक्ता कार्यालयलाई पत्र लेख्दै उनले उच्च अदालत वीरगञ्जबाट भएको फैसला उपर सर्वोच्चमा पुनरावेद गरी उचित प्रतिरक्षा गर्न ध्यानाकर्षण गराएकी छिन् ।

‘राजनीतिक व्यक्तिको संलग्नता रहेको अपराध भएको कारणले तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेकोमा सर्वोच्च अदालतको आदेश पछि, घटना घटेको एक दशक पछि मात्र मुद्दा चलाइएको थियो,’ सांसद गौतमले लेखेको पत्रमा भनिएको छ, ‘तर, अहिले आएर उच्च अदालतबाट अभियुक्तलाई सफाइ दिने गरी अनपेक्षित फैसला भएको हुँदा सो फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरी मुद्दाको उचि प्रतिरक्षा गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’

आलमलाई उच्च अदालत वीरगञ्जले १४ जेठमा सफाइ दिएको थियो । सफाइ दिने दुई न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई न्याय परिषद् तानिएको छ ।

संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

अत्यन्तै पासविक अपराधका अभियुक्तहरूलाई सफाइ दिने गरी भएको उच्च अदालतको फैसलाले पीडित तथा आम सर्वसाधारणलाई मर्माहत र आक्रोशित बनाएको सांसद श्रेष्ठले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?