
News Summary
Generated by OK AI. Editorially reviewed.- परेश रावलले ‘हेरा फेरी ३’ मा पुनः अभिनय गर्ने पक्का भएको बताएका छन्।
- उहाँले निर्माता अक्षय कुमारसँगको मतभेद मिलिसकेको र छायांकन प्रक्रिया अघि बढ्ने बताएका छन्।
- सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले यस घटनालाई ‘पब्लिसिटी स्टन्ट’ भएको आशंका व्यक्त गरेका छन्।
चर्चित बलिउडका अभिनेता परेश रावल ‘हेरा फेरी ३’ मा फेरि अभिनय गर्ने पक्का भएको छ । केही साताअघि उनी चलचित्रबाट बाहिरिएको खबर सार्वजनिक भएको थियो । त्यस खबरपछि उत्पन्न अन्योलको अन्त्य गर्दै उनले हालै एक पोडकास्ट अन्तर्वार्तामा समस्या समाधान भएको जानकारी दिएका हुन् ।
रावलले निर्माता तथा अभिनेता अक्षय कुमारसँगको मतभेद मिलिसकेको र चलचित्रको छायांकन नियमित प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । ‘सबै कुरा समाधान भइसकेको छ। अब सबैले मिलेर मिहिनेत गर्नुपर्छ’ उनले हिमांशु मेहतासँगको पोडकास्टमा भनेका छन् ।
‘हेरा फेरी ३’ मा रावलसँगै अभिनेता अक्षय कुमार र सुनील शेट्टी पुनः देखा पर्नेछन् । चलचित्र लामो समयदेखि निर्माण प्रक्रिया र कलाकार चयनको अन्योलतामा अल्झिएको थियो। यसबीच रावलले बाबुरावको भूमिका नदोहोर्याउने निर्णय लिएको भन्दै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको थियो।
उनको पुनरागमनको खबरले दर्शकहरूबीच उत्साह देखिएको छ । तर केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो घटनालाई ‘पब्लिसिटी स्टन्ट’ भएको आशंका व्यक्त गरेका छन्।
‘हेरा फेरी’ सन् २००० मा प्रदर्शनमा आएको थियो भने यसको सिक्वेल ‘फिर हेरा फेरी’ २००६ मा आएको थियो।
प्रतिक्रिया 4