+
+
Shares

सेयर बजार बढ्दा पनि घट्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारको परिसूचक नेप्से ९.१९ अंकले बढेर २६३१ मा कायम भयो।
  • कारोबार रकम ७ अर्ब १२ करोडबाट घटेर ६ अर्ब ३८ करोडमा आयो।
  • धेरै समूहका सूचक बढ्दा केही समूहका सूचक घटेका छन्।

१६ असार, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३८ करोडमा खुम्चियो । कुल १४५ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो । आज धेरैजसो समूहका सूचक बढेका छन् ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.६१, तथा व्यापार ०.७२ प्रतिशत बढे ।

फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.०३, हाइड्रोपावर ०.२८ र अन्य ०.३६ प्रतिशत घटे ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य करिब १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको ९.८०, विन नेपाल लघुवित्तको ९.१६, सिन्धु विकास बैंकको ७.८१, सप्तकोशी विकास बैंकको ७.२१ प्रतिशत मूल्य बढ्यो ।

पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.९२ प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ४.६५, पिपुल्स हाइड्रोपावरको ३.७५, पाँचथर पावरको ३.४९, कालिका पावरको ३.४२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा साहस ऊर्जा, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?