+
+
Shares

कांग्रेस क्रियाशील सदस्यता नवीकरण अवस्था के छ ?

हालसम्म पाँच जिल्लाले मात्रै क्रियाशील नवीकरण बुझाएको थापाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले असार मसान्तसम्मका लागि क्रियाशील सदस्यता नवीकरणको समयावधि तोकेको छ।
  • महामन्त्री गगन थापाले पाँच जिल्लामा मात्रै नवीकरणको काम सकिएको जानकारी दिए।
  • ८ लाख ७० हजारभन्दा बढी फारम पठाइसके पनि केही जिल्लामा नयाँ सदस्यता वितरण हुन बाँकी छ।

१६ असार, काठमाडौं । नेपाली कांग्रेसले असार मसान्तसम्मका लागि क्रियाशील सदस्यता नवीकरणका लागि समयावधि तोकेको छ । हालसम्म ५ जिल्लामा क्रियाशील सदस्यता नवीकरणको काम सकिएको छ ।

महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री गगन थापाले सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराएका छन् ।

हालसम्म पाँच जिल्लाले मात्रै क्रियाशील नवीकरण बुझाएको थापाले बताए ।

क्रियाशील सदस्यताको सूची दर्ता गर्ने क्रममा रहेका जिल्ला १५, निर्णय गर्ने प्रक्रियामा रहेका जिल्ला १०, नवीकरण फारम संकलन भइरहेका जिल्ला ३३ छन् । विवादका कारणले क्रियाशील सदस्यता नवीकरणको कार्यमा समस्या रहेका जिल्ला १४ रहेको थापाले बैठकमा जानकारी गराए ।

कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको फर्म २२ चैत २०७९ देखि पठाउन सुरु गरिएको थियो । हालसम्म देशभर र विदेश गरी ८ लाख ७० हजार ८८४ सदस्यताका लागि फारम पठाइसकिएको थापाले जानकारी गराएका छन् ।

बारा, डोल्पा, मुस्ताङ बाहेकका जिल्ला र जनसम्पर्क समितिमा क्रियाशील सदस्यता कार्ड छपाइ र वितरण सकिएको उनले जानकारी गराए ।

१७ जिल्लामा नयाँ सदस्यताका लागि फर्म पठाइए पनि दोलखा बाहेकका जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण हुन नसकेको बताइएको छ ।

साउनपछि जनसंख्या, मतसंख्या, क्लस्टर अनुसारको संख्या, सदस्यताको माग र आवश्यकताका आधारमा नयाँ क्रियाशील सदस्यता वितरण हुने कांग्रेसले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?