
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको चन्द्रकोट गाउँपालिका–६ क्वाङ्दीस्थित सडक खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।
- प्रहरी टोलीले पहिरो हटाउने कार्य जारी राखिरहेको र स्थानीय प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ।
- वामी–रिडी सडक खण्डमा पहिरो हटाएपछि यातायात पुनः सञ्चालनमा आएको छ।
१६ असार, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–६ क्वाङ्दीस्थित शान्तिपुर–चोरकाटे पक्की सडक खण्डमा भलसहितको पहिरो खस्दा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ।
सोमबार साँझ करिब ५:३० बजेको समयमा माथिबाट खसेको पहिरोका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । सडक अवरुद्ध हुँदा साना तथा ठूला सवारीहरू पूर्णरूपमा रोकिएका छन् ।
सडक खुलाउने कार्यका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको छ । अवरुद्ध स्थानमा ईलाका प्रहरी कार्यालय चन्द्रकोट गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) तारा प्रसाद खनालको कमाण्डमा आठ जना प्रहरी टोली परिचालित गरिएको छ। टोलीले तत्काल पहिरो हटाउने कार्यमा खटिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण पहिरो जाने क्रम बढिरहेको हुँदा स्थानीय प्रशासनले सावधानी अपनाउन र अत्यावश्यक नपरेसम्म यात्रा नगर्न सर्वसाधारणमा आग्रह समेत गरेको छ।
त्यस्तै जिल्लाको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडक खण्डमाखसेको पहिरो हटाएपछि सडक सुचारु भएको छ । सोमबार बिहान पहिरो खसेपछि यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
प्रतिक्रिया 4