+
+
Shares

‘आँखा’लाई इटालीमा अवार्ड, स्मिता उत्कृष्ट अभिनेत्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘आँखा’ फिल्मले इटालीमा दुई अवार्ड जित्यो, जसमा उत्कृष्ट फिल्म र अभिनेत्रीको पुरस्कार समावेश छ।
  • मुख्य अभिनेत्री स्मिता लामिछानेले उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरिन्।
  • फिल्मले यसअघि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा तीन विधामा अवार्ड जितेको थियो।

काठमाडौं – जौन योञ्जन निर्देशित फिल्म ‘आँखा’ले इटालीमा दुई अवार्ड जितेको छ । फिल्मले २९औं अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट्स फेस्टिभल (आईपीएएफएफ) मा उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेको हो ।

मुख्य अभिनेत्री स्मिता लामिछानेले उत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी छिन् ।

अवार्ड समारोह १४ सेप्टेम्बरमा इटालीको बिर्गामोमा हुँदैछ ।

‘आँखा’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (एनआईएफएफ) मा पनि तीन विधामा अवार्ड जितेको थियो ।

फिल्म गत असोज ११ गते रिलिज भएको थियो । तर, बाढीपहिरोका कारण त्यसबेला फिल्मको प्रदर्शन प्रभावित भयो ।

निर्देशक योञ्जनको अर्को फिल्म ‘म राजेश हमाल’ छिट्टै रिलिज हुँदैछ । उनले अहिले ‘रोल नम्बर वान’ निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?