
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनिता आहुजा, बलिउड अभिनेता गोविन्दाकी पत्नी, आफ्ना पोडकास्ट र सामाजिक सञ्जालमा सक्रिय छन्। उनले रक्सी पिउने विषयमा खुलस्त कुरा गर्दै जीवनमा सन्तुलन आवश्यक भएको बताइन्। उनले भनिन्, ‘म कसैको बाउको त पिउदिन।’
- उनले आफ्नो मदिरालयबारे बताउँदै भने, ‘म दिनमा पूजापाठ गर्छु, तर यसको मतलब म हरेक दिन रक्सी पिउँदैन।’ उनले ट्रोललाई बेफिक्री व्यक्त गरिन्।
- उनले थप भनिन्, ‘डाक्टरहरूले पनि भन्छन्, दुई पेग पिउनु मुटुका लागि राम्रो हुन्छ।’ उनका भनाइ अहिले भाइरल भइरहेको छ।
बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजा यतिबेला आफ्ना पतिभन्दा बढी चर्चामा छिन् । उनी बारम्बार कुनै न कुनै पोडकास्टमा देखा पर्छिन् र खुलस्त कुरा गर्छिन् ।
हालै उनको एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसमा उनी रक्सी पिउने विषयमा खुलस्त कुरा गर्दैछिन् । उनले आक्रमक रूपमा भनिन्, ‘म कसैको बाउको त पिउदिन ।’
केही समयअघि उनले एक मिडियालाई आफ्नो घर भ्रमण गराएकी थिइन् । सो क्रममा उनले होम बार पनि देखाएकी थिइन्, जहाँ अनेकथरी मदिरा सजाइएको थियो । उक्त मदिरालय आफ्नो ‘फेभरेट ठाउँ’ भनी उनले बताएकी थिइन् । त्यसमा अनेक टिप्पणी भएपछि सुनितालाई एक पोडकास्टमा मदिरालयबारे सोधिएको थियो ।
मदिरालयबारे के भनिन् सुनिताले ?
रक्सी पिउने प्रश्नमा सुनीताले भनिन्, ‘हो, म कसैको बाउको त पिउदिन । हेर्नुस्, जिन्दगीमा सन्तुलन राख्नुपर्छ । मैले कुनै साधुको रूप धारण गरेको छैन । मेरो पति छ, छोराछोरी छन्, पूजापाठ गर्छु, तर यसको मतलब म साधु हुँ भन्ने होइन । म दिनमा पूजापाठ गर्छु, तर यो होइन कि, म हरेक दिन बसेर रक्सी पिउछु । मान्छेलाई त सोख पनि हुन्छ, के आफ्नो सोख नै मारिदिनुपर्छ ? मान्छेहरूले ट्रोल गर्छन्, गरुन्, मलाई कुनै फरक पर्दैन ।’
जब उनलाई रक्सी पिउनु कस्तो राम्रो कुरा हो भनियो । तब उनले जवाफ दिइन्, ‘डाक्टरहरूले पनि भन्छन्, दुई पेग पिउनु मुटुका लागि राम्रो हुन्छ ।’ उनको यो भनाइ पनि अहिले भाइरल भएको छ ।
प्रतिक्रिया 4