+
+
Shares

संसदीय समितिबाट नेपाल औषधि लिमिटेडको अनुगमन

औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरी उत्पादन र आपूर्ति समस्याबारे अध्ययन गरेको छ।
  • अनुगमनका क्रममा सरकारी कार्यालयहरूले नै औषधि खरिद नगर्दा उत्पादन सीमित भएको र कच्चा पदार्थको आयातमा समस्या देखिएको पाइएको छ।

१९ असार, काठमाडौं । औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ ।

औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा औषधि लिमिटेडले देशभरिलाई पुग्ने औषधि उत्पादन गर्नसक्ने भए पनि सरकारी कार्यालयहरूले नै औषधि खरिद नगर्दा समस्या भएको भन्ने गुनासो आएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।

आवश्यक कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायबाट औषधि खरिदको व्यवस्था नहुँदा उत्पादन सीमित भएको र हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको पाइएको उनको भनाइ छ ।

औषधि लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या तथा सरकारको उपेक्षाको कारण समस्या भएको बताइएको छ ।

‘बरु निजी कम्पनीबाट किनेर सरकारी संस्थामा औषधि वितरण गरिरहेको हुन्छ । सरकारी कार्यालयहरूबाट औषधि किन्ने व्यवस्था नहुनु नै मुख्य कारण भएको गुनासो आएको छ,’ खानले भने ।

अर्को कारण, जनशक्ति, प्रविधि र भौतिक संरचनाको व्यवस्था हुँदाहुँदै पनि कच्चापदार्थ ल्याउन नसक्दा ११ किसिमका औषधि मात्रै उत्पादन भइरहेको जानकारी औषधि लिमिटेडले दिएको उनको भनाइ छ ।

कच्चा पदार्थको आयातमा सहजता र आर्थिक स्रोतको व्यवस्थापन सरकारले गरेको खण्डमा औषधि लिमिटेडले ९८ प्रकारका औषधि उत्पादन गर्न सक्ने जानकारी आफूहरूले पाएको उनले बताए ।

जनताले औषधि नपाएको उजुरी समितिमा परेपछि पछि आफूहरू अनुगमनमा आएको समिति सभापति खानले बताए । औषधि लिमिटेडको समस्या बारेमा समितिमा छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?