+
+
Shares

हलिउड फिल्म ‘जुरासिक वर्ल्ड रिबर्थ’ आजबाट विश्वभर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘जुरासिक वर्ल्ड रिबर्थ’ फिल्म शुक्रबार विश्वभर रिलिज भएको छ।
  • फिल्मले सकारात्मक प्रतिक्रिया पाएको र दृश्य प्रभावहरू प्रशंसायोग्य रहेको छ।
  • नेपालमा पनि आजदेखि प्रदर्शनमा आएको छ र दर्शकको राम्रो उपस्थिति रहेको छ।

हलिउडको चर्चित एड्भेन्चर फिल्म ‘जुरासिक वर्ल्ड रिबर्थ’ शुक्रबारबाट विश्वभर रिलिज भएको छ। स्कारलेट जोहानसन र जोनाथन बेलीको मुख्य भूमिका रहेको यो फिल्म ‘जुरासिक पार्क’ फ्रेन्चाइजको सातौं र ‘जुरासिक वर्ल्ड’ श्रृंखलाको चौथो भाग हो ।

डायनासोरको संसारमा दर्शकलाई फेरि एकपटक पुर्‍याउने उद्देश्यसहित बनाइएको यो फिल्मलाई रिलिज भएलगत्तै दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

फिल्म हेरेका दर्शकहरूले सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया दिएका छन् । धेरैले फिल्मको कथा निकै रमाइलो र प्रभावशाली भएको बताएका छन् । कतिपयले फिल्मले फेरि पुराना भागहरूको याद दिलायो भनेका छन् । कतिले भिजुअल इफेक्ट्सको विषयमा धेरैले प्रशंसा गरेका छन् । सबै पक्षबाट फिल्म उत्कृष्ट रहेको प्रतिकिया आइरहेको छ।

फिल्ममा स्कारलेट जोहानसनसँगै महेरशला अली, जोनाथन बेली, रूपर्ट फ्रेन्ड, म्यानुअल गार्सिया-रुल्फो, एड स्क्रेन र लूना ब्लेजले अभिनय गरेका छन् । निर्देशन ग्यारेथ एडवर्ड्सले गरेका हुन् भने फिल्मको कथा विड कोएपले लेखेका हुन् । यो फिल्म ‘द कैनेडी/मार्शल कम्पनी’ र ‘एम्बलिन एंटरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको हो । वितरण ‘युनिभर्सल पिक्चर्स’ले गरेको हो।

नेपालमा पनि यो फिल्म आजदेखि प्रदर्शनमा आएको छ। काठमाडौं, पोखरा, चितवन लगायतका शहरमा फिल्मले राम्रो शो पाएको छ । काठमाडौंका क्यूएफएक्स, बिग मुभिजलगायतका मल्टिप्लेक्सहरूमा पहिलो दिनमै दर्शकको राम्रो उपस्थिति देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?