
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन्, जसले विभिन्न सरकारी मन्त्रालयमा सहसचिव पदमा काम गरेका छन्।
- सञ्चालक समितिले रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ, जो कुमारी बैंकका पूर्व सीईओ हुन्।
- कार्कीले २०३९ सालमा सरकारी सेवामा प्रवेश गरी २०७७ मा सेवा निवृत्त भएका थिए।
२० असार, काठमाडौं । प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।
कार्की यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयमा सहसचिव थिए । त्यस्तै निजामति किताब कारखाना, आन्तरिक राजश्व विभाग, सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशक भएर काम गरेका थिए ।
कार्की नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्य समेत थिए । ९ भदौ २०३९ मा सरकारी सेवा प्रवेश गरेका कार्की ६ वैशाख २०७७ मा सेवा निवृत्त भएका थिए ।
साथै बैंकको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ । अर्याल कुमारी बैंकका पूर्व सीईओ समेत हुन् ।
प्रतिक्रिया 4