
२० असार, काठमाडौं । स्पेनको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग साक्षात्कार नगरी फर्किएका छन् ।
विदेश भ्रमणबाट फर्कंदा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने प्रचलन रहे पनि आज भने उनले त्यसो गरेनन् ।
गत १४ असारमा स्पेन गएका प्रधानमन्त्री ओली आज फर्किएका हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले विमानस्थलको मिडिया कक्षमा प्रधानमन्त्री ओली उपस्थित नहुने जानकारी गराए ।
प्रधानमन्त्रीको तर्फबाट तयार पारिएको नोट उनै राईले प्रस्तुत गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4