News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले यू-१६ इस्ट जोन कपको फाइनलमा सिंगापुरविरुद्ध टस हारेको छ।
- सिंगापुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि खेल मलेसियाको वाइएसडी ओभलमा सुरु भएको छ।
- नेपालले यस प्रतियोगितामा अपराजित रहँदै उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ।
२१ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलअन्तर्गत सिंगापुरविरुद्ध नेपालले टस हारेको छ ।
सिंगापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दै छ ।
फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा अहिले विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।
नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको छ ।
नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो ।
आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
प्रतिक्रिया 4