+

प्रधानमन्त्रीको सान्टियागो बर्नबाउ भ्रमण नेपाली फुटबलका लागि प्रेरणा हो : एन्फा

२०८२ असार  २० गते १५:३२ २०८२ असार २० गते १५:३२
प्रधानमन्त्रीको सान्टियागो बर्नबाउ भ्रमण नेपाली फुटबलका लागि प्रेरणा हो : एन्फा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले प्रधानमन्त्री केपी शर्मा ओलीको सान्टियागो बर्नबाउ भ्रमण नेपाली फुटबलका लागि प्रेरणादायक भएको जनाएको छ।
  • प्रधानमन्त्री ओलीले स्पेनी रियल मड्रिडको रंगशाला भ्रमण गरेपछि एन्फाले खेलप्रति उनको रुचि र प्रतिबद्धता प्रशंसायोग्य रहेको बताएको छ।
  • एन्फाले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्रीको भ्रमणलाई खेल क्षेत्रप्रति समर्थन स्पष्ट पारिएको जनाएको छ।

२० असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको सान्टियागो बर्नबाउ भ्रमण नेपाली फुटबल समुदायका लागि प्रेरणाको स्रोत भएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार स्पेनी महारथी टोली रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउको भ्रमण गरेका थिए । एन्फाले शुक्रबार सामाजिक सञ्जालमा पोस्ट राख्दै विश्वकै चर्चित फुटबल क्लबमध्ये एक रियल मड्रिडको रंगशाला भ्रमण  नेपाली फुटबल समुदायका लागि प्रेरणाको स्रोत भएको जनाएको हो।

प्रधानमन्त्री ओलीको खेलप्रतिको रुचि, विशेषगरी फुटबलप्रतिको लगाव, र पूर्वाधार विकासमा उनको दीर्घकालीन प्रतिबद्धता प्रशंसनीय रहेको पनि एन्फाले जनाएको छ।

यस्तो ऐतिहासिक रंगशाला भ्रमण गरेर प्रधानमन्त्रीले खेल क्षेत्रप्रति आफ्नो समर्थन झनै स्पष्ट पारेको एन्फाले बताएको छ।

एन्फा प्रधानमन्त्री केपी शर्मा ओली सान्टियागो बर्नबाउ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय