News Summary
Generated by OK AI. Editorially reviewed.- एसियाली साइक्लिङ महासंघका अध्यक्ष डाटो अमर्जित सिंह गिल नेपाल भ्रमणमा आए।
- उनीले नेपालका खेलकुद समस्या र राजनीतिक प्रभावबारे जानकारी प्राप्त गरे।
- गिलले नेपालका खेलकुद अधिकारीहरूसँग भेटवार्ता र छलफल गरे।
२० असार, काठमाडौं । एसियाली साइक्लिङ महासंघका अध्यक्ष तथा यूसीआई म्यानेजमेन्ट कमिटीका सदस्य डाटो अमर्जित सिंह गिल नेपाल भ्रमणमा छन् ।
नेपाल साइक्लिङ संघको निम्तोमा नेपाल आएका गिलले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पदाधिकारीहरूसँग भेट गरेका छन् ।
उनले एनओसीका महासचिव निलेन्द्र श्रेष्ठ, उपाध्यक्ष सुनिल श्रेष्ठ, राष्ट्रिय एन्टी डोपिङ एजेन्सीका संस्थापक संयोजक डा. अशिम भण्डारी, सदस्य डा. सुधिर श्रेष्ठ लगायतसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा गिलले नेपालका खेलकुदमा देखापरेका विविध समस्या लगायतबारेमा नेपालका अधिकारीहरूसँग छलफल गरेका थिए।
गिलसँगको भेटमा नेपालका खेलकुद अधिकारीहरूले नेपालको खेलकुद क्षेत्रका चुनौतीबारे जानकारी गराएका छन् ।
नेपालको खेल क्षेत्रमा देखिएको बढ्दो राजनीतिक प्रभाव लगायतबारे गिललाई नेपालका खेलकुद अधिकारीहरूले विस्तृत जानकारी गराएका थिए ।
प्रतिक्रिया 4