+
+
Shares

एकीकृत समाजवादीको बैठक बस्दै, झाँक्रीको स्पष्टीकरणबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १०:३२

२२ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको  केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । गत बिहीबार छोटो समय बैठक बसेर स्थगित भएको थियो ।

आजको बैठकमा रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि पनि छलफल हुनेछ ।

युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा गत शनिबार पूर्वमन्त्री झाँक्रीले पार्टी पुर्नगठनको एजेण्डा उठाएकी थिइन् । अध्यक्षमाथि नै संकट आएकाले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क थियो । त्यस क्रममा ‘सिनो बोकेर हिड्न’ नसकिने पनि झाँक्रीले बताएकी थिइन् ।

त्यसपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो । उनले आफूलाई पत्र नपठाएर नेताहरुले सञ्चार माध्यमबाट स्पष्टीकरण सोधेको भन्दै सचिवालय बैठकमै पुगेर जवाफ पत्र बुझाएकी छन् ।  सोही विषयमा आज छलफल हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?