+
+
Shares

यस्तो बन्दैछ विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर विमानस्थलको स्तरोन्नतीका लागि नयाँ टर्मिनल भवन निर्माण भइरहेको छ।
  • जसको लागत करिब २.५ अर्ब रुपैयाँ छ।
  • निर्माण कम्पनीले मंसिर २०८२ भित्र भवनको ठेक्का सम्पन्न गर्ने योजना बनाएको छ।
  • यसले ५५० यात्रु व्यवस्थापन गर्न सक्नेछ।

२२ असार, काठमाडौं । क्षेत्रीय विमानस्थल विराटनगरमा नयाँ टर्मिनल भवन धमाधम बनिरहेको छ । विराटनगर विमानस्थलको स्तरोन्नती गर्ने योजना अनुसार यो भवन निर्माण थालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस विमानस्थलको भौतिक प्रगति ४७ प्रतिशत नाघिसकेको छ । यो विमानस्थलको १ फागुन २०७९ मा तत्कालिन पर्यटनमन्त्री सुदन किरातीले शिलान्यास गरेका थिए । यो भवनको ठेक्का मंसिर २०८२ भित्र सक्नेगरी लागेको हो ।

कोशी/डाँफे जेभी निर्माण कम्पनीले ठेक्कामा लिएको भवनको लागत साढे २ अर्ब रुपैयाँ रहेको छ । प्राधिकरणका अनसार यस भवनको क्षमता प्रतिघण्टा ५५० यात्रु व्यवस्थापन गर्न सक्ने बराबर हुने भएको छ । डेढ दर्जन चेकइन काउन्टर, भीभीआईपी कक्ष, किड्स जोन, पत्रकार सम्मेलन कक्ष, भन्सार क्वारेन्टाइन र अन्य पसलहरू समेत रहनेगरी यहाँ संरचना बनिरहेका छन् ।

विराटनगर पूर्वी पहाडी जिल्लाका लागि हव विमानस्थल हो । साथै मुख्य व्यापारिक शहरका रुपमा विराटनगरमा यात्रु संख्या हरेक वर्ष बढिरहेको देखिन्छ । यो विमानस्थलबाट अहिले बुद्ध, यति र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन् ।

यससँगै विमानस्थलमा पुरानो टर्मिनल भवन विस्थापित हुने छ । कम्पनीहरूले यात्रुको चाप भएका बेला पोखरा र भैरहवामा समेत उडान गरेका छन् ।

विमानस्थल कार्यालयले विमानस्थलले गत आर्थिक वर्षमा १७ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

साथै, सन् २०२४ मा विमानस्थलमार्फत तीन लाख २९ हजार ८९ यात्रुहरू यहाँबाट प्रस्थान गरेका थिए भने तीन लाख २९ हजार ९४९ यात्रुहरुको आवागमन भएको थियो । सोही अवधिमा पाँच हजार ७५४ पटक विमानको आगमन भएको थियो भने पाँच हजार ७५६ वटा विमान प्रस्थान गरेका थिए । विराटनगर विमानस्थलमा अहिले १ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग रहेको छ ।

तस्वीरहरू : अच्युत पुरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?