+
+
Shares

डिनाको प्रस्ताव : सबै तहको अधिवेशन ४ वर्षमा हुने विधानको व्यवस्था निलम्बन गरौं

पार्टी केन्द्रीय समिति बैठकमा आइतबार बोल्ने क्रममा उपाध्यायले हरेका तहको चार वर्षमा अधिवशेन हुने विधानमा लेख्ने तर कार्यान्वयनमा समस्या रहेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते २०:१५

२२ असार, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले केन्द्रदेखि वडा तहसम्म चारवर्षमा अधिवेशन हुने विधानको व्यवस्था निलम्बन गर्नुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेकी छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा आइतबार बोल्ने क्रममा उपाध्यायले हरेका तहको चार वर्षमा अधिवशेन हुने विधानमा लेख्ने तर कार्यान्वयनमा समस्या रहेको बताइन् ।

उनले भनिन्, ‘विधानको विविधमा हरेक तहको निर्वाचन, अधिवेशन वडा तहदेखि केन्द्रीय तहसम्मको अधिवेशन चार वर्षमा हुनेछ भनेका छौँ । वडा तहदेखि केन्द्रको अधिवेशन चार वर्षमा कसरी हुन्छ ?’

विधानको अनुसार भएको भए वडा र जिल्ला तहको अधिवेशन सकिइसक्नु पर्ने समय भएको बताइन् । विधानको व्यवस्था अनुसार सबै तहमा अधिवशेन हुन नसक्ने अवस्था रहेकाले उक्त दफालाई निलम्बन गर्न उपयुक्त हुने बताइन् ।

‘चार वर्षमा सबै तहमा अधिवेशन हुने विधानको व्यवस्था अनुसार केन्द्रको मात्रै कुरा होइन नि । वडाको अधिवशेन गर्ने समयावधि सकिसकेको छ । जिल्लाको समयावधि सकिने बेला भइसकेको छ । त्यसकारणले यो कुराहरूलाई गम्भीर रुपमा लिनुपर्दछ,’ उपाध्यायले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?